नेभारा फेशनको उपाधी खाम्चालाई

by समतल अनलाइन

बुटवल । नेभारा फेशन डिजाईनिङ्ग ईन्ष्टिच्युट बुटवलले आफ्नो तेस्रो स्थापना दिवस उत्कृष्ट फेशन डिजाईनरलाई पुरस्कृत गरेर मनाएको छ । फेशन डिजाईनिङ्गमा उत्कृष्ट बन्दै आएको नेभाराले संचालन गरेका विभिन्न सेसेनमा उत्कृष्ट डिजाईन गरेकाहरुलाई आफ्नो स्थापना दिवसमा पुरस्कृत गरेको हो । नेभाराले आफ्नो तेस्रो स्थापना दिवस मनाउँदै सहभागि २२ प्रशिक्षार्थी मध्यबाट उत्कृष्ट बनेकी नेभारा वीनर पृथ्वी खाम्चालाई विभिन्न गिफ्ट हेम्पर सहित पुस्कृत गरेको हो । त्यस्तै फेशन डिजाईनिङ्गमा फष्ट रनरअपको उपाधी सृष्टि श्रेष्ठले र सेकेण्ड रनरअपको उपाधी निता विश्वकर्माले जितेको नेभाराका प्रिन्सिपल मुना रानाले जानकारी दिनुभयो ।
नेभारा फेशन डिजाईनिङ्ग ईन्ष्टिच्युटका अध्यक्ष धुर्व रानाको अध्यक्षतामा भएको कार्यक्रममा मानव सेवा आश्रमका अभिभावक शेरबहादुर क्षेत्री, तेस्रो लिङ्गि मानव अधिकारकर्मी आनिक रानामगर, लायन्स क्लव अफ बुटवल खस्यौलीका विष्णु उपाध्याय, पत्रकार झविन्द्र देवकोटा, एड्भिन नेपालका संचालक धिरेन श्रेष्ठ लगायतले विजयी सहभागिहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो । संचारकर्मी सुमन श्रेष्ठको संचालनमा भएको सोही कार्यक्रममा नेभाराले महिला प्रशिक्षार्थीलाई तीजको दर समेत खुवाएको थियो । कार्यक्रममा नेभाराका विद्यार्थीहरुले आफुले तयार पारेको स्केच र ड्रेसको प्रदर्शन समेत गरेका थिए ।

 
 
  
 

You may also like