नमस्ते नेपालले अनाथ आश्रमका बालबालिकासँग मनायो तिजमिलन तथा दरखाने कार्यक्रम

by समतल अनलाइन

बुटवल । नमस्ते नेपालदले तिज मिलन तथा दरखाने कार्यक्रम सम्पन्न गरेको छ।

तिलोत्तमा नगरपालिका- १५ कोटिहवास्थित स नेपाल अबिनाश अनाथ आश्रममा २२ जना बालबालिका र नमस्ते नेपालका सदस्यहरुको साथमा तिज मिलन तथा दरखाने कार्यक्रम भएको हो ।

संस्थाले महिला दिदिबहिनीहरुको चाडमा सदस्यहरूसंगै आश्रमका बालबालिकासंग तिज मिलन तथा दरखाने कार्यक्रम गरेको प्रति आश्रमका संस्थापक अध्यक्ष कृष्ण ज्ञवालीले आभार ब्यक्त गरे।

नमस्ते नेपालले विगतमा सामाजिक कामहरु गर्दै आएको र अब आउने दिनमा पनि संस्थालाई थप परिस्कृत गर्दै लैजाने नमस्ते नेपालमा अध्यक्ष अर्जुन खरेलले बताए । साथै महिलाहरुको हरितालिका तिजको सुभकामना पनि व्यक्त गरे ।
कार्यक्रमको संयोजकमा विशाल पाण्डे , जमुना क्षेत्रि र सुनिल ढकाल रहेका थिए ।कार्यक्रम नमस्ते नेपालका अध्यक्ष अर्जुन खरेल , समाजसेवि अन्जु आचार्यको प्रमुख आतिथ्यता र समाजसेवी योगेश भट्टराई,समाजसेवी डा. सुबेक्षा श्रेष्ठको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको स्वागत मन्तव्य विशाल पाण्डेले गरेका थिए भने कार्यक्रम सन्चालन संस्थाका सचिब निराजन खरेलले गरेका थिए ।

साथै अनाथ आश्रममा रहेका बालबालिकाहरु र नमस्ते नेपालका महिला सदस्यहरुलाई कुर्सी पनि खेलाइएको थियो।

 
 
  
 

You may also like