बुटवल-पाल्पा सडकखण्ड २ दिन साझको समयमा बन्द हुने

by समतल अनलाइन

बुटवल।पाल्पा सडकखण्ड बिहीबारदेखि दुई दिनसम्म दैनिक ११ घण्टा बन्द हुने भएको छ । पहिरो हटाउन सिद्धार्थ राजमार्ग दैनिक ११ घण्टा बन्द हुने भएको हो ।

तानसेन ८ तल्लो डुम्रेमा खसेको पहिरो हटाउन बिहीबार र शुक्रबार दुई दिन साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म सडकमा सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

दिउँसोको समयमा भने सडक नियमित सञ्चालन हुनेछ । उक्त अवधिमा अत्यावश्यक बाहेक अन्य सवारीसाधनलाई पूर्ण रूपमा रोक लगाइएको पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताए ।

 
 
  
 

You may also like