नमस्ते नेपालले गर्‍यो रुपन्देहीको मर्चवारमा नि:शुल्क स्वास्थ्य शिविर

by समतल अनलाइन

बुटवल । नमस्ते नेपालले रुपन्देहीको मर्चवारमा नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ।

शनिबार रुपन्देही तिलोत्तमाका युवाहरु र विशेषज्ञ डाक्टरहरुको टोलि गरि २० जना रुपन्देहीको मर्चवारमा बिहान ९ बजेको समयमा पुगेको थियो। शनिबार सार्वजनिक बिदा भएकाले स्थानीयहरुको उल्लेख्य रुपमा भिडभाड रहेको थियो। आकाशबाट पानी पर्ने छाटकाट देखिएको थियो , तर पनि नमस्ते नेपालका युवाहरु त्यसको प्रवाह नगरी स्थानियलाई लाइनमा मिलाउन लागि परेका थिए ।

त्यस कार्यक्रमको संयोजन नमस्ते नेपालका अध्यक्ष अर्जुन खरेल रहेका थिए । ” उनले स्वयंसेवक साथीहरुलाई कामको बाडफाड गरेका थिए”।

कार्यक्रममा विशेषज्ञ डाक्टरको टोलिले करिव १६० जनाको होलबढी चेकअप नि:शुल्क गरेका थिए भने निशुल्क रुपमा औषधि पनि प्रदान गरिएको थियो ।

 
 
  
 

You may also like