मध्यराति घर भत्किएर च्यापिदा १० वर्षीया बालिकाको मृत्यु

by समतल अनलाइन

पाल्पा। अविरल वर्षाका कारण घर भत्किँदा आज (आइतबार) बिहान पाल्पामा एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तानसेन नगरपालिका–१० कैलासनगरका नारायण दर्जीकी १० वर्षीया छोरी नैना दर्जी छिन् ।

पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीका अनुसार गए राति साढे दुई बजेको समयमा एक तले कच्ची घरमा सुतिरहेकी नैनालाई घरको पछाडि तर्फको गारो भत्किएर च्यापेको थियो । गम्भीर घाइते भएकी बालिकाको युनाईटेड मिशन अस्पतालमा मृत्यु भएको हो ।

 
 
  
 

You may also like