काठमाडौ शितगङ्गा सम्पर्क मन्च वडा १३ र १४ को संयोजकमा सुर्य बि.सी.

by समतल अनलाइन

अनिता क्षेत्रि
कपिलवस्तु। देशकै ठुलो नगर अर्घाखाँची जिल्ला शितागंगा देशकै ठुलो नगर अर्घाखाँची जिल्ला शितागंगा नगरपालिका वडा नम्बर १३ र १४ (साविक सिमलपानी गा वि स) घर भइ हाल काठमाडौमा विभिन्न पेशा तथा व्यवसायमा सक्रिय युवाहरुको भेला शितागंगा १३ का तारापती बि सीको अगुवाइमा सम्पन्न भएको छ।

भेलाले शितागंगा नगरपालिका वडा नम्बर १३ र १४ घर भइ हाल काठमाडौमा विभिन्न पेशा तथा व्यवसायमा सक्रिय रहेका सम्पूर्णलाई सो मन्चमा आबद्ध गराई कार्य समिति विस्तारका लागि भेलाले सुर्य बि सी को सयोजकत्वमा ७ सदस्यीय संयोजक समिति गठन गरेको छ।

जसको सह-संयोजकमा मदन बि. सी. उप-संयोजकमा तारापती बि सी , सदस्यहरुमा क्रमश; मोहन बि सी, दिपक वि क, श्रीराम बि सी, र सदस्य सचिवमा तारापती बि सीलाई सर्वसम्बत रुपमा चयन गरेको छ।

शितागंगा नगरपालिका वडा नम्बर १३ र १४ घर भइ हाल काठमाडौमा बसोवास गरेका सबैजनालाइ एकताबद्ध गर्दै आपसी सहयोग, मेलमिलाप र भातृत्वको विकास गर्दै समग्र वडाको विकासमा युवाहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने संयोजक सुर्य बि सी जोड दिदै सबैलाई एक सुत्रमा अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरे।

हाम्रो क्षेत्रका जनता सदियौ देखि काठमाडौमा बसोवास गरेको भएता पनि संगठित भएर अगाडी बढ्न नसक्नुले पनि हाम्रो क्षेत्र पछाडी परेको उप-संयोजक मदन बि सी ले दुखेसो व्यक्त गरे।
यसरी संगठित हुनुले एक अर्कालाई परेको दुख र समस्यामा सामुहिक सहयोग गर्न सकेमा कसैले पनि विचल्लित हुनुनपर्ने र मानविय एकतामा जोड पुग्ने विचार उप-संयोजक तारापती बि सीले आफ्नो भनाई ब्यक्त गरे ।
सहभागि सबैले १३ र १४ वडाका जनतालाई मंच मा भित्राउन आ-आफ्नो क्षेत्रबाट पहल गर्दै संगठनको उज्ज्वल भविष्य निरमाणार्थ सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

१६ जना युवाहरुको भेलाको सहजीकरण गर्दै तारापती बि सीले भेलाको उद्देश्य तथा लक्ष्यका विषयमा सहजीकारण गर्दै सबैलाई समेट्ने गरि आपसी सहयोग, सेवा भावको विकासका साथै व्यक्तिगत विकासका साथै सामुहिक विकासमा लाग्नको लागि समन्वयात्मक भूमिकामा युवाहरु आफै खटिनुपर्ने कुरामा जोड दिए।

 
 
  
 

You may also like