कोरोना निको हुने दर ९३ प्रतिशत

by समतल अनलाइन

काठमाडौं। विगत २४ घण्टामा देशभर थप दुई हजार ६५ जना व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल सङ्क्रमितको संख्या आठ लाख ३८ हजार ९४८ पुगेको छ ।

तीमध्ये पीसीआर परीक्षणबाट सात लाख ५६ हजार ४९२ र एन्टिजेन परीक्षणबाट ८२ हजार ४५६ सङ्क्रमित थपिएका छन् । गत २४ घण्टामा थप दुई हजार ३३७ जना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा निको हुनेको संख्या सात लाख आठ हजार २३० पुगेको छ ।

यस्तै निको हुने दर ९३ दशमलव ६ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप २५ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६६३ पुगेको छ । यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार आठ हजार ७५२ जनाको पीसीआर तथा चार हजार ३६५ जनाको एन्टिजेन विधिबाट कुल १३ हजार ११७ जनाको नमुना परीक्षण भएको छ । गोरखापत्र दैनिकबाट

 
 
  
 

You may also like