अलमुताइरीको स्टाटस : ‘आई एम आउट, लेट पोलिटिक्स वर्क’

by समतल अनलाइन

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने संकेत दिएका छन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङसँगको विवादको प्रतिवेदन सार्वजनिक भएसँगै अलमुताइरीको भनाइ बाहिर आएको हो ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेखेका छन्, ‘म बाहिरिएँ, राजनीतिलाई काम गर्न दिनुहोस् ।’ यसअघि साउन दोस्रो साता अलमुताइरीले यसैगरी राजीनामाको घोषणा गरेका थिए ।

उनले उपाध्यक्ष पंकजविक्रम नेम्बाङका कारण राजीनामा दिन बाध्य भएको घोषणा गरेको समाजिक सञ्जालमा पोस्ट गरेका थिए । तर उपाध्यक्ष नेम्वाङले आफूमाथि आक्षेप लगाउने षडयन्त्र भएको प्रतिक्रिया दिएका थिए । त्यसपछि यही विवादमा छानबिन समिति बनाइएको थियो ।

 

 
 
  
 

You may also like