पहिलो पाइला बुटवल शाखाले सुरु गर्‍यो ” तपाईंको माक्स खै ? अभियान

by समतल अनलाइन

बुटवल। समाजसेवाको भावनाले ओतप्रोत भएका जागरुक युवाहरुलाई संगठित गरेर परिवर्तनको लागी लाग्नुपर्छ भन्ने प्रेरणादायी स्रोतको माध्यम बनेको संस्था हो पहिलो पाईला !

राज्यको यो अवस्था जुन बिश्वले नै निन्दा गर्ने अवस्था छ। सामाजिक, राजनैतिक तथा कुटनैतिक हिसाबले कमजोर बनेको अवस्थामा कर्मठ, उर्जावान युवाहरुसंग हातेमालो गरेर बिकास र परिवर्तनको खाका कोर्न लागी परेको संस्था हो पहिलो पाईला।

देशको बिभिन्न स्थान मा कोरोना ले क्षतबिक्षत बनाएको अवस्था लाई ब्यवास्ता गरेर माक्स को प्रयोग गर्न छाडेको अवस्थालाई मध्यनजर गर्दै पहिलो पाइला नेपाल बुटवल शाखाले तपाइँको माक्स खै ? भन्ने कार्यक्रम बुटवल को मुख्य स्थान बुटवल हस्पिटल लाइनमा गरेको छ ।

पहिलो पाइला नेपाल बुटवल शाखा अध्यक्ष पारस मरासिनीको अध्यक्षता, पहिलो पाइला नेपाल केन्द्रिय प्रथम उपाध्यक्ष बिष्णु राज महत ज्युको प्रमुख आथित्यता, तिलोतमा शाखा कोषाध्यक्ष शालिक भुसाल आथित्यतामा भएको कार्यक्रम भएको कार्यक्रमको संयोजकतो सस्था कि सक्रिय सदस्य अरुणा पाण्डेको रहेको थियो ।

संस्थाका अध्यक्ष मरासिनीले माक्स लगाउन उत्प्रेरित गर्दै माक्स नलगाई हिँड्ने सर्वसाधारण लाई सचेत गराउदै जनचेतना मुलुक कार्यक्रम गरेको र उक्त क्षेत्रमा माक्स नलगाई हिड्डुल गर्ने लाई बुटवल शाखाले निशुल्क माक्स बितरण समेत गरेको जानकारी दिए । कार्यक्रमको सहजीकरण सस्थाका सह- सचिब रमेश पछाइले गरेका थिए  ।

 
 
  
 

You may also like