नेपालमा थप १८०१ जनामा कोरोना संक्रमण,२४ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौँ।नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ७०४ जनाको पीसीआर परीक्षणमा १ हजार ५४८ र २ हजार ६२२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २५३ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ९२४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९३.५ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like