देउवा प्रधानमन्त्री भएयताको पाँच सातामा ४८ लाखले लगाए कोरोनाको खोप

by समतल अनलाइन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएयताको पाँच हप्तामा ४८ लाखभन्दा बढीले कोरोनो भाइरसविरुद्धको खोप लगाएका छन् ।

कांग्रेस सभापति देउवा प्रधानमन्त्री भए लगत्तै आफ्नो पहिलो प्राथमिकता नै जनतालाई निःशुल्क खोप दिलाउने घोषणा गरेका थिए । उनी प्रधानमन्त्री भएयता गत बिहीबारसम्ममा ४८ लाख ११ हजार ७ सय ३३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यसअघि झण्डै ३६ लाखले मात्रै कोरानाविरुद्धको खोप लगाएका थिए भने अहिले खोप लगाउने संख्या ८५ लाख २० हजार ४२१ पुगेको छ ।

त्यसमध्य ३७ लाख ८ हजार ६ सय ८८ जनाले कोरोनाको दुवै डोज खोप लगाएका छन् । त्यस्तै ३७ लाख ८ हजार ६ सय ८८ जनाले पहिलो डोज लगाएका छन् । अहिले कोरोनाको दुवै डोज खोप लगाउने जनसंख्या १३ प्रतिशत पुगेको पुगेको छ भने पहिलो डोज लगाउने १६ दशमलव ८ प्रतिशत छन् ।

देउवा प्रधानमन्त्री हुनुभन्दा अघि दुवै डोज खोप लगाउनेको संख्या ३ दशमल ९ प्रतिशत मात्रै थियो भने पहिलो डोज खोप लगाउनेको संख्या ९ दशमलव १ प्रतिशत मात्रै थिए । पछिल्लो पाँच हप्तामा कोरोनाको खोप लगाउनेको संख्या झण्डै दोब्बर पुगेको छ ।

सरकारले असोज मसान्तसम्ममा ३३ प्रतिशत जनतालाई कोरोनाविरुद्धको खोप निःशुल्क लगाउने घोषणा गरेको छ । चैत मसान्तसम्म खोप लगाउने सबै जनतालाई निःशुल्क खोप दिलाउने प्रधानमन्त्री देउवाको तयारी छ ।

 

 
 
  
 

You may also like