रुपन्देहीमा थप ३२ जना कोरोना संक्रमित थपिए

by समतल अनलाइन

बुटवल ।रुपन्देहीमा थप ३२ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा १७० जनाको कोरोना परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा ३२ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका १३, तिलोत्तमा नगरपालिकामा ९ जना, सैनामैना नगरपालिका र सिद्धार्थनगर नगरपालिकाका ४-४ जना र ओमसतिया गाउँपालिकामा २ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा कसैको पनि मृत्यु भएको छैन् । हालसम्म जिल्लामा ५२१ जनाको कोरोनाबाट मृत्यु भएको कार्यालयले जनाएको छ । जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ४६० रहेको छन्।

 
 
  
 

You may also like