३,४०३ मा संक्रमण, ४२ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३,४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १६ हजार ८३८ परीक्षण गर्दा ३,४०३ जना संक्रमित थपिएका हुन् ।

११ हजार ८३९ जनाको पीसीआर परीक्षण गर्दा २,६१३ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको छ भने ४,९९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७९० जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४२ जनाको मृत्यु भएको छ भने २,१०४ जना निको भएर फर्किएका छन् ।

 
 
  
 

You may also like