जसपाद्वारा लुम्बिनी प्रदेश सांसदमा मुडभरीको नाम सिफारिस

by समतल अनलाइन

बुटवल । जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश सभा सदस्यमा निर्मला मुडभरी भट्टराईलाई सिफारिस गरेको छ । जसपाले समानुपातिक सांसद कल्पना पाण्डेलाई कारवाही गरेपछि उनको ठाउँमा मुडभरीलाई सिफारिस गरेको हो ।

पार्टीको कार्यकारिणी समितिको बैठकले रुपन्देहीकी मुडभरीको नाम निर्वाचन आयोगमा पठाएको जसपा लुम्बिनीका अध्यक्ष अशोक यादवले जानकारी दिए । पार्टीको आधिकारिकताको विवादमा उपेन्द्र यादव पक्षले आधिकारिकता पाएपछि जसपाले शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री भएका ३ जनालाई कारवाही गरेको थियो ।

कारबाहीको सूचना प्रदेश सभाबाट जारी सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र कल्पना पाण्डे पदमुक्त भएका थिए । तीमध्ये सन्तोष र विजय प्रत्यक्ष निर्वाचित सांसद हुन् भने कल्पना समानुपातिक सांसद थिइन् ।

 
 
  
 

You may also like