३,४५१ जनामा कोरोना संक्रमण,३५ को मृत्यु

by समतल अनलाइन

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ३,६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार ६११ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ३,४५१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ९३ जनाको पिअिसार परीक्षण गर्दा दुई हजार ५६ र ५,५१८ जनाको एन्टीजेन परीक्षण गर्दा ८८५ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर २,४५८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ३५ जना संक्रमितको मृत्यु भएको छ ।

देशभर ३९ हजार ३७१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३६ हजार ३६ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा ३,३३५ भने ७९५ जना आइसियुमा र १९७ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर ४०२ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 
 
  
 

You may also like