रुपन्देहीमा थप ५५ जना कोरोना संक्रमित थपिए

by समतल अनलाइन

बुटवल । रुपन्देहीमा थप ५५ जना कोरोना संक्रमीत थपिएका छन।
१०२ जनाको कोरोना परिक्षण गर्दा सो संख्यामा कोरोना संक्रमीत देखिएका हुन।

बुटवल उपमहानगरपालिकाका १९, तिलोत्तमा नगरपालिकामा १७ जना, सिद्धार्थनगर नगरपालिकामा ९ जना, सैनामैना नगरपालिकामा ७ जना, कन्चन गाउँपालिकामा २ जना र मायादेवी गाउँपालिकामा १ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा कसैको पनि मृत्यु भएको छैन् । हालसम्म जिल्लामा ५१७ जनाको कोरोनाबाट मृत्यु भएको कार्यालयले जनाएको छ । जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ४४२ रहेको छन्।

 
 
  
 

You may also like