महाधिवेशनको बिकल्प महाधिवेशन हो ! भन्दै मनपरी नगर्न केन्द्रीय समितिलाई नेता महरको खबरदारी

by समतल अनलाइन

बुटवल ।नेपाली कांग्रेसका नेता नैनसिंह महरले महाधिवेशनको विकल्प महाधिवेसन नै भएकोले बैधानिक समय भित्र महाधिवेशनका लागि युवाहरुले खवरदारीका साथ नेतृत्व लाई दवाव दिने वेला आएको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा सञ्जालले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता महरले आज बस्न लागेको महाधिवेशन केन्द्रित केन्द्रीय कार्यसमितिको बैठकलाई ९ जति कृयाशिल कार्यकर्ताको महाधिवेशनको चाहाना बिरुद्ध गएर मनपरी नगर्न खबरदारी गरेका हुन् ।

केन्द्रीय समिति मात्रै सम्पूर्ण कांग्रेस नभएकाले ९ लाख बढी सक्रिय नेताकार्यकर्ताको हित प्रतिकुल हुने गरि निर्णय नगर्न नेता महरले अनुरोध गरे । केन्द्रीय समितिले आफ्नो साढे ५ बर्षको कार्यकाल गुटउपगुट र भागबण्डामा समय गुजारेकाले पार्टीको महाधिवेसन समयमै सम्पन्न गर्न अप्ठ्यारो भईरहेको नेता महरको भनाई छ । नेता महरले महाधिवेसन फास्टट्रयाकबाटै भएपनि समयमै सम्पन्न गर्नुपर्ने धारणा राखे ।

युवा नेता महरले कुल जनसंख्याको ४० प्रतिशत बढी युवा हुनु मुलुकका लागि राम्रो कुरा भएको बताउदैँ अब राजनीतिक दल र राज्यका हरेक ठाउँमा युवाको हस्ताक्षेपकारी भुमिका हुनु पर्ने बताए ।

यस्तै उनले कोरोना महामारीका कारण रोजगारीका लागि विदेशिएका ४ लाख ५२ हजार बढी नेपालीहरु स्वदेश फिर्ता भएको र स्वदेशमै पनि ३५ लाख बढी ले रोजगारी गुमाउदा यसको प्रभावमा बहुसंख्यक युवा परेको बताउदैँ उनीहरुको उचित व्यवस्थापन गर्नुपर्ने र कोरोनाको तेस्रो लहरको सबैभन्दा उच्च जोखिममा बालबालिका रहेकाले उनीहरुलाई जोगाउनका लागि सरकारले गम्भीर भएर लाग्न सरकारलाई सुझाए ।

 
 
  
 

You may also like