लुम्बिनी प्रदेशमा ४ दलको सहमतिमा माओवादी केन्द्रका कुलप्रसाद केसीको दावी पेश

by समतल अनलाइन

बुटवल ।लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका संसदीय दलका नेता कुल प्रसाद केसीले ४ दलको गठबन्धनको सहमतिमा प्रदेश प्रमुख अमिक शेरचन सामु मुख्यमन्त्रीको दावी पेश गरेका छन् ।

हिजो प्रदेश प्रमुख अमिक शेरचनले संबिधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको बहुमत पुर्याएर  दावी पेश गर्नको लागि २४ घंतामाको समय दिएका थिए ।

माओवादी केन्द्रका केसीलाई ४२ जना सांसदको समर्थन रहेको भन्दै गठबन्धनका संयोजक एवम् कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले प्रदेश प्रमुख शेरचनलाई हस्ताक्षर बुझाएका हुन् । गठबन्धनमा हृदयश त्रिपाठी समूहमा रहेका अजय शाही समेत मिसिएका छन् । उनले पनि केसीलाई समर्थन गर्दै हस्ताक्षर गरेका छन् ।

गठबन्धनमा नेपाली कांगेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ र जनमोर्चाका १ जना गरी ४१ जना सांसद रहेका छन् ।

अल्पमतमा परेको एमालेमा ३७ जना छन् । प्रदेश प्रमुख शेरेचनले आजै केसीलाई मुख्यमन्त्री नियुक्त गर्ने र आजै शपथ समेत गराउने तयारी रहेको छ । गठबन्धनले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 
 
  
 

You may also like