लुम्बिनी प्रदेशका मुख्यमन्त्रि शंकर पोखरेलद्वारा राजीनामा

by समतल अनलाइन

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । उनले आज प्रदेशप्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

अल्पमतमा रहेका मुख्यमन्त्री शंकर पोखरेलबिरूद्धको अविश्वास प्रस्ताव छलफलका लागि आज १ बजेका लागि विशेष अधिवेशन बोलाइएको थियो ।

उनी (३८ सांसद सहित ) अल्पमतमा रहेकाले उनको अल्पमतको सरकार ढल्ने निश्चितप्रायः देखिएपछि राजीनामा दिएका हुन् । विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन् ।

 
 
  
 

You may also like