३,६५१ जनामा कोरोना संक्रमण, १,७८४ जना निको, २२ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३,५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ५९४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ३,६५१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ४४५ जनाको पिअिसार परीक्षण गर्दा २,६०९ र र ६,१४९ जनाको एन्टीजेन परीक्षण गर्दा १,०४२ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर १,७८४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा २२ जना संक्रमितको मृत्यु भएको छ ।

देशभर ३६ हजार २८८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३२ हजार ९०७ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा ३,३८१ भने ७४१ जना आइसियुमा र १८६ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ । देशभर ४४१ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 
 
  
 

You may also like