शान्ति प्रक्रियाको निष्कर्षमा जोड, एमसीसीमा मौन

काठमाडौं। सरकारले नीति, योजना र कार्यक्रम समेटिएको न्यूनतम साझा कार्यक्रम घोषणा गरेको छ । ११ बुँदे प्राथमिकता र १० बुँदे नीति तथा कार्यक्रमसहित सरकारको न्यूनतम साझा कार्यक्रम घोषणा गरिएको हो ।

न्यूनतम साझा कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव तथा बाबुराम भट्टराई र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतले सिंहदरबारमा आयोजित कार्यक्रममार्फत संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।

संयुक्त रूपमा सार्वजनिक गरिएसँगै साझा कार्यक्रम बनाउन गठित सरकारी कार्यदलका संयोजक कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले सरकारको कार्यक्रम पढेर सुनाएका हुन् । सरकारले ल्याएको साझा कार्यक्रममा माओवादीले विगतदेखि नै उठाउँदै आइरहेको शान्ति प्रक्रियाको निष्कर्षको विषय प्राथमिकतामा परेको छ ।

संविधान संशोधनको विषयलाई पनि सरकारको न्यूनतम साझा कार्यक्रममा मह्त्वका साथ स्थान दिइएको छ तर सबैको चासो रहेको एमसीसीको विषयमा सरकारको नीति के हुने भन्ने खुलाइएको छैन । एमसीसीमा सरकारको नीति मौन छ । राजधानी दैनिकबाट

 
 
  
 

You may also like