लुम्बिनी प्रदेशमा साउन २६ गते विशेष अधिवेशन आव्हान

बुटवल। लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले यही साउन २७ गते बुधबार १ बजेका लागि अधिवेशन आह्वान गरेका हुन् ।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि साउन २७ गते विशेष अधिवेशन बोलाइएको हो । शेरचनले संविधानको धारा १८३ को उपधारा ३ बमोजिम विशेष अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले मगरले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साउन १८ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । उनीहरुले उक्त अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन पनि बोलाउन प्रदेश प्रमुखसमक्ष माग गरेका थिए ।

 
 
  
 

You may also like