एकै दिन थपिए ४,१०७ कोरोना संक्रमित, १,५३५ जना निको, ४३ को मृत्यु

काठमाडौं। नेपालमा पछिल्लो ४,१०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार २९८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ४,१०७ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा १२७९ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ९०८, ललितपुरमा १६५ र भक्तपुरमा २०६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ३५४ जनाको पिअिसार परीक्षण गर्दा २,९७५ र र ४,९४४ जनाको एन्टीजेन परीक्षण गर्दा १,१३२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १,५३५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा ४३ जना संक्रमितको मृत्यु भएको छ । देशभर ३३ हजार ४६४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ७१४ जना आइसियुमा र १५६ जनाको भेन्टिलेटरमा राखी उपचार भईरहेको छ । देशभर ३७५ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 
 
  
 

You may also like