अल्पसंख्यक समुदायकाे सवालमा राज्य गम्भीर नभएको सराेकारवाला भनाई

बुटवल । याैनिक तथा लैगिक अल्पसंख्यक समुदायकाे सवालमा राज्य गम्भीर नहुदा समस्या समाधान नभएकाे सराेकारवालाहरूले बताएका छन ।

याैनिक अल्पसंख्यकहरूले राेजगारिकाे अभावमा याैन पेशा अगाल्न बाध्य भएकाे भन्दै राज्यलाई गम्भीर हुन अाग्रह गरेका हुन । एक्लाेलाई साहरा दिने वृक्ष समूह रूपन्देहीको अायाेजनामा साेमबार बुटवलमा भएकाे याैनिक तथा लैगिक अल्पसंख्यक समुदायहरूकाे सवालमा सासद र सराेकारवालाहरू संग गरिएकाे अन्तरक्रिया कार्यक्रममा बाेल्ने वक्ताहरूले यस्ताे बताएका हुन ।

कार्यक्रममा संविधानसभा सदस्य विनाेद पहाडिले याैनिक अल्पसंख्यक समुदायकाे समस्या राजनीतिक रूपमा सम्बाेधन गर्नुपर्ने बताए । ‘याे प्राकृतिक रूपमा सृजित समस्या हाे, त्यसैले यसकाे समाधान गर्नतर्फ अग्रसर हुनुपर्छ’ उनले भने ।

सडकमा उत्रेर टायर नबालेसम्म, टायर नबालेसम्म सरकारले नसुन्ने हाे भने सिहदरबार घेर्नुपर्ने उनले बताए ।
‘सासदहरूलाई एकै थलाेमा राखेर कथा सुनाउन जरूरी छ’ उनले भने ।

अन्तरक्रियामा लुम्बिनि प्रदेशका सासद कमलादेवि विश्वकर्माले याैनिक अल्पसंख्यक समुदायकाे अधिकार स्थापित गर्ने सवालमा भूमिका खेल्ने बताईन ।
प्रदेशभाका अर्का सदस्य पुष्पा थरूनीले याैनिक अल्पसंख्यक समुदायकाे सवालमा अझै पनि सरकारले नितिगत रूपमा सम्बाेधन गर्न नसकेकाे बताईन ।

प्रदेशसभाकन अर्का सासद दीपा विश्वकर्माले उत्पिडित समुदायले नै याैनिक अल्पसंख्यककाे मुद्वालाइ उठाएकाे बताउदै कानुन निर्माणामा सहयाेग गर्ने बताईन ।

कार्यक्रममा प्रदेसभा सदस्य डा. कृष्ण न्याैपाने, अधिवक्ता पदम बहादुर कार्कि, उपभाेता हित संरक्षण मञ्चका समुन्द्र जिसि, जनजाति नेता मनाेज राना लगायतले बाेलेका थिए ।यसैगरि कार्यक्रममा तेस्राे लिंगि निर्जला राउत, राेज रानाले याैनिक हल्पसंख्यकके कुनै पेशा व्यवसाय गर्दा पनि सामाजिक दृष्टिकोण गलत भएकाले समस्या भईरहेकाे बताए ।

कार्यक्रम संयाेजक मनिला न्याैपानेकाे अध्यक्षता तथा समूहका मूल्याकन तथा अवलाेकन समितिका संयाेजक टिकाराम भुसालकाे स्वागत एंव अाेपन फाउण्डेशनका लुम्बिनी प्रलेश संयाेजक रेशम न्याैपानेकाे सञचालनमा सम्पन्न भएकाे थियाे ।

 
 
  
 

You may also like