बारबाराद्वारा डा.नन्दु पाठकलाई सम्मानित

बुटवल । कोरोना महामारीमा उत्कृष्ट काम गरेको भन्दै बुटवलका डा.नन्दु पाठक कोभिड १९ विशिष्ट सम्मानबाट सम्मानित हुनु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. पाठक बारबारा फाउण्डेशनको कोभिड १९ विशिष्ट सम्मानबाट सम्मानित हुनु भएको हो । डा. पाठक लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा कोरोना फोकल पर्सन हुनुहुन्छ ।

अमेरिकन संस्था बारबरा फाउण्डेसनले शनिवार राजधानीमा देशभरका २० चिकित्सक सहित नर्सिङ स्टाफ र सहयोगी गरी एक सय जनालाई सम्मान गरेको हो । डा.पाठकले सम्मान सहित नगद दुई लाख ५५ हजार पाउनु भएको छ ।

डा. पाठकलाई पूर्वराष्ट्रपति डा. रामवरण यादवले सम्मान गर्नु भएको हो । नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत अध्यक्ष रहेको बारबरा फाउन्डेसनले कोभिड महामारी विरुद्ध अग्रपंक्तिमा खटिने देशभरका सरकारी तथा सामुदायिक अस्पतालमा कार्यरत डाक्टर, नर्स, स्वास्थ्य कर्मचारी र एम्बुलेन्स चालकको सम्मानका लागि १ करोड १ रुपैयाँको पुरस्कार घोषणा गरेको थियो ।

 
 
  
 

You may also like