रुपन्देहीमा १७१ जनाको कोरोना परिक्षण गर्दा ४८ जना कोरोना संक्रमण

बुटवल । जिल्लामा पछिल्लो २४ घण्टामा ४८ जना नयाँ संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टाको अवधिमा १७१ जनाको कोरोना परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या शून्य रहेको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले जनाएको छ।

जिल्लामा हालसम्म ५१६ जनाको कोरोनाबाट मृत्यु भएको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३९४ जना रहेको छन्।

 
 
  
 

You may also like