शनिवार मात्रै दिन २ लाख ८० हजार नेपालीले लगाए कोरोना खोप

काठमाडौं । शनिबार एकै दिन नेपालमा करिब पौने तीन लाख नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । यसबारेको जानकारी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दिएका हुन् ।

श्रेष्ठले सार्वजनिक गरेको विवरण अनुसार शनिबार नेपालभर २ लाख ८० हजार ९४१ नागरिकले कोरोनाविरुद्धको खोप लगाएका हुन् । हालसम्म नेपालमा ५६ लाख ८२ हजार ६२७ जना नागारिकले कोरोनाविरुद्धको खोप लगाइसकेको श्रेष्ठले बताएका छन् ।

नेपालमा पछिल्लो समय सबैभन्दा धेरै कोरोनाविरुद्धको खोप चीनबाट आएको छ । चीनले अनुदान र विक्री गरेकोसहित ४० लाख बढी डोज खोप पठाइसकेको छ । त्यसैगरी अमेरिका र भारतबाट पनि खोप आएको छ । भारतले सबैभन्दा सुरुमा केही लाख डोज खोप दिए पनि अहिले उसले दोस्रो मुलुकमा निर्यात रोकेको छ ।

यता नेपालमा विश्व स्वास्थ्य संगठनको कोभ्याक कार्यक्रमबाट पनि खोप आइरहेको छ । अमेरिकाले नेपाललाई १५ लाख डोज खोप दिइसकेको छ । उता जापानले कोभ्याबाटै नेपालमा १६ लाख डोज खोप पठाउने भएको छ ।

 
 
  
 

You may also like