रुपन्देहीमा थपिए ४७ जना संक्रमित

बुटवल । जिल्लामा पछिल्लो २४ घण्टामा ४७ जना नयाँ संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टाको अवधिमा ३९६ जनाको कोरोना परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा जिल्लामा मृतकको संख्या शून्य रहेको स्वास्थ्य कार्यलय रुपन्देहीले जनाएको छ ।

जिल्लामा हालसम्म ५१६ जनाको कोरोनाबाट मृत्यु भएको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३७८ जना रहेको छन्।

 
 
  
 

You may also like