कालीगण्डकी नदीमा डुबेर दुई बालक बेपत्ता

बागलुङ । बागलुङस्थित कालीगण्डकी नदीमा डुबेर दुई बालक बेपत्ता भएका छन् । बिहीबार दिउँसो १ बजे बागलुङ नगरपालिका–१ निर्यघाटस्थित कालीगण्डकी नदीमा पौडी खेल्न गएका चार जनामध्ये दुई जना बेपत्ता भएको बागलुङ प्रहरीले जनाएको छ ।

नदीले बगाएर बेपत्ता हुनेमा बागलुङ नगरपालिका–४ उपल्लोचौरका हरि बिकका १३ वर्षीय छोरा अभिषेक विक र थमबहादुर पुनका १३ वर्षीय यमबहादुर पुन रहेका छन् ।

उनीहरुसँगै पौडी खेल्न गएका दुई जना भने सकुशल छन् । सोही ठाउँका १० वर्षीय प्रश्न विक र १२ वर्षीय बिसान पुन प्रहरीको सम्पर्कमा आएका छन् । बेपत्ताको खोजीका लागि ३० जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।

 

 
 
  
 

You may also like