रवीन्द्र मिश्रको स्पष्टीकरण : म राजन्त्रवादी पनि होइन, गणतन्त्रवादी पनि होइन

काठमाडौं । संघीयता खारेज गरी धर्मनिरपेक्षताबारे जनमत संग्रह गरिनुपर्ने धारणा सार्वजनिक गरेपछि विवादमा तानिएका विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आफू राजतन्त्रवादी नभएको बताएका छन् ।

उनले ‘यक्ष प्रश्न’ टेलिभिजन कार्यक्रममा आफू राजतन्त्रवादी पनि नभएको र गणतन्त्रवादी पनि नभएको तर्क गरेका छन् । ‘म राजतन्त्रवादी पनि होइन, गणतन्त्रवादी पनि होइन,’ उनले भनेका छन्, ‘म यो देशको समृद्धिवादी हुँ, म यो देशको प्रगतिवादी हुँ ।’ उनले आफूले पार्टीको केन्द्रीय समितिलाई जानकारी गराएरै धारणा सार्वजनिक गरेको दाबी पनि गरेका छन् ।

‘मैले पार्टीको केन्द्रीय समितिमा मेरो यो विषय, मेरा धारणा राख्छु भनेर जानकारी गराइसकेको थिएँ। म यो विषयमा कसैलाई पनि आरोप लगाउन चाहन्नँ,’ मिश्रले भनेका छन्, ‘तर अहिले हाम्रो पार्टीको अवस्था के हो भने हाम्रो दुईटा पार्टी एकीकरण भएको हुनाले म (अध्यक्ष) पनि छु, संयोजक पनि हुनुहुन्छ । पार्टीको केन्द्रीय समितिमा कुनै पनि एजेण्डा लैजानका लागि हामी दुई जना सहमत भएर लैजानु पर्छ । उहाँ (संयोजक) को धारणा फरक रहेछ भन्ने त प्रष्ट भयो । त्यो फरक धारणालाई सम्मान गर्छु ।’

 

 
 
  
 

You may also like