कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक आज (बिहीबार) पनि बस्दै छ । बैठक दिउँसो २ बजेपछि पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बोलाइएको छ ।

वैठकमा आगामी १४ औं महाधिवेशनको विषयमा छलफल हुने कांग्रेसका एक नेताले जानकारी दिएका छन् । बुधबारको बैठकले क्रियाशील सदस्यता सम्बन्धमा थप केही नमिलेको भए मिलाएर ल्याउन एक दिनको समय दिएको थियो ।

सो समय बिहीबार दिउँसो सकिंदै छ । क्रियाशील सदस्यताको विवादका कारण कांग्रेसको आगामी महाधिवेशन निर्धारित मिति भदौ १६ मा नहुने निश्चित भइसकेको छ ।

 
 
  
 

You may also like