रोट्रयाक्ट मणिग्रामको पद हस्तान्तरण

बुटवल । रोट्रयाक्ट क्लब अफ मणिग्रामको दोस्रो पदहस्तान्तरण तथा चार्टर कार्यक्रम सम्पन्न भएको छ ।

बर्ष २०२०/२१ का कृष्ण बस्यालले बर्ष २०२१/२२ का अध्यक्ष निराञ्जन अर्याललाई पदहस्तान्तरण गरेका हुन्।
पद हस्तान्तरण गर्दै अध्यक्ष बस्यालले आफ्नो कार्यकालमा बर्षभरि सहयोग गरेका क्लबका मेम्बर तथा बोर्ड मेम्बहरुलाई मायाको चिनोबाट सम्मान गरेका थिए । आफ्नो कार्यकालमा सक्रिय रुपमा काम गर्ने क्लबका मेम्बर तथा बोर्ड मेम्बरहरुलाई बिभिन्न बिधामा उत्कृष्ठ काम गर्नेहरुलाई मायाको चिनोबाट सम्मान गरेका थिए । वितरण कार्यक्रममा बोल्दै अध्यक्ष बस्यालले क्बल स्थापनाको समयदेखि कोभिड-१९को असरले केहि प्रभाव पारेतापनि उद्देश्य अनुरुप नै आफूले सञ्चालन गरेका प्रोजेक्टहरु सम्पन्न गरेको बताए । क्लबलाइ आगामी दिनमा थप प्रभावकारी बनाउँदै नयाँ कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताए ।
कार्यक्रममा पदभार ग्रहण गर्दै २०२१/२२ का अध्यक्ष निराञ्जन अर्यालले क्लबले अगाडि सारेका ठूला प्रोजेक्टलाई निरन्तरता दिंदै यो बर्ष केही थप नयाँ र पृथक खालका कार्यक्रम सञ्चालन गर्ने बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रोटरी डिष्ट्रिक्टका नोमिनी प्रेसिडेन्ट राजेन्द्र धोजुले रोट्र्याक्ट क्लब अफ मणिग्रामले सामाजिक क्षेत्रमा खेलेको भुमिका निकै महत्वपूर्ण रहेको बताए । रोट्र्याक्ट क्लबहरुले युबाहरुलाई समाज रुपान्तरणमा सँगै सामाजिक अभियानमा निरन्तर लैजानु पर्ने बताए । रोट्रयाक्ट क्लबको अगुवाईमा युवाहरुलाई क्षमता विकासका बिभिन्न खालका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताए । आगामी दिनमा थप कार्यक्रमहरु सञ्चालन गर्न रोटरी डिष्ट्रिक्टबाट आबश्यक पर्ने सहयोग गर्न तयार रहेको बताए ।
कार्यक्रममा संस्थापक अध्यक्ष कृष्ण बस्यालले युवाहरुलाई खेलकुद क्षेत्रमा लाग्न सानो सहयोगले खेल क्षेत्रलाई अगाडि बढाउन प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले युवा खेलाडी कृतिका मरासिनीलाई नगद सहित सम्मान गरेको बताए । क्लबले यो बर्षको लागि क्यालेन्डर रिलिज संगै टिसर्टको पनि वितरण गरेको बताए ।

कार्यक्रममा क्लबका एड्भाईजर लक्ष्मण ज्ञवाली रोट्र्याक्ट्र डिस्ट्रिक्ट डिआरआर इलेक्ट लक्ष्मण खरेल लगायतले मन्तब्य राखेका थिए । जेटआरआर प्रकाश पराजुली, केशब न्यौपाने लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम सागर पाठककाे स्वागत, सचिव आयुष पाैडेलकाे सञ्चालन तथा अध्यक्ष कृष्ण बस्यालको अध्यक्ष्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like