गण्डकी र लुम्बिनी प्रदेश प्रमुखले लिए शपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरूलाई शपथ खुवाएकी छन् ।
शीतल निवासमा बुधबार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले नव नियुक्त गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई पद तथा गोपनियताको शपथ खुवाएकी हुन् ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना पनि उपस्थित थिए । राष्ट्रपति भण्डारीले मंगलबार गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले ती दुई प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्दै गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचनलाई नियुक्त गर्न सिफारिस गरेको थियो ।

 

 
 
  
 

You may also like