सरकारद्वारा लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान प्रदेश प्रमुखमा सिफारिस

काठमाडौं । सरकारले मंगलबार गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख परिवर्तनका लागि सिफारिस भएको छ ।
नेपाली कांग्रेस स्रोतका अनुसार गण्डकीकी प्रदेश प्रमुख सीता पौडेललाई हटाएर पृथ्वी मान सिंह गुरुङलाई सिफारिस गर्ने तयारी छ ।

त्यस्तै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनलाई सिफारिस गर्ने तयारी भएको स्रोतको दावी छ । दुवै प्रदेश प्रमुखको नाम सिफारिसका लागि मंगलबार अपरान्ह मन्त्रिपरिषदको बैठक बसेको छ । प्रदेश प्रमुखको नियुक्ति सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।

माओवादी नेता शेरचन यसअघि गण्डकी प्रदेशका प्रमुख थिए । माओवादी केन्द्रको आज बसेको स्थायी कमिटी बैठकले उनलाई गण्डकीमै प्रमुखमा रुपमा दोहो¥याउने गरि सिफारिस गरेको थियो । तर माओवादीको सिफारिस संविधानसँग बाझिएपछि उनलाई गण्डकीबाट लुम्बिनी लगिएको हो ।

शेरचनलाई गण्डकीमा दोहोर्‍याउन संविधान अनुसार नमिलेपछि त्यसलाई सच्याउन प्रधानमन्त्री शेरबहादुर देउवाले मुख्यसचिव शंकरदास वैरागीसहित विज्ञलाई बालुवाटार बोलाएका थिए । गण्डकी प्रदेश प्रमुख नियुक्तिको सिफारिस असंवैधानिक भएपछि प्रधानमन्त्रीले छलफल गरेर शेरचनलाई लुम्बिनी र गुरुङलाई गण्डकीमा राख्ने निर्णय लिएका हुन् ।

नेकपा माओवादी केन्द्रको मंगलबार बसेको स्थायी कमिटी बैठकले आफ्नो भागमा परेका प्रदेशमा प्रदेश प्रमुख नियुक्तिको लागि सिफारिस गरेको थियो । संविधानको धारा १६३ को उपधारा ४ मा एउटै व्यक्ति उही प्रदेशमा दोहोरिन नपाउने व्यवस्था छ ।

मन्त्रिपरिषद बैठकमा माओवादी केन्द्रको यो सिफारिस असंवैधानिक भएको कुरा उठेपछि देउवाले मुख्यसचिवसहितका विज्ञहरुसँग बालुवाटारमा परामर्श गरेका थिए । यसअघि एउटै पार्टीको मुख्यमन्त्री र प्रदेश प्रमुख नबनाउने सहमतिअनुरुप गण्डकीमा माओवादी केन्द्र, लुम्बिनीमा कांग्रेसलाई प्रदेश प्रमुख दिने भनिएको थियो ।

आजैको मन्त्रिपरिषद् बैठकले तत्कालीन ओली सरकारबाट नियुक्तमध्ये प्रदेश–२ बाट राजेश झा अहिराज, गण्डकीबाट सीता पौडेल र लुम्बिनीबाट धर्मनाथ यादवलाई हटाएर गठबन्धनका दलबाट आएको सिफारिस अनुसार नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने निर्ण लिएको थियो ।

 
 
  
 

You may also like