बुटवल उद्योग वाणिज्य संघमा करका नयां प्रावधानमा अन्तरक्रिया

बुटवल। अध्यादेशबाट ल्याईएको चालु आर्थिक वर्षको बजेटमा व्यबस्था गरिएको करको बिषयमा बुटवलमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देही र आन्तरिक राजश्व कार्यालय बुटवलको संयुक्त आयोजनामा आर्थिक अध्यादेश २०७८ अन्तरगत आयकर र मूल्य अभिबृद्धि कर (भ्याट) सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

बुटवल उद्योग बाणिज्य संघको सभाहलमा सोमबार गरिएको अन्तरक्रिया कार्यक्रममा आन्तरिक राजश्व कार्यालय कुटवलका प्रमुख ध्रुव पाण्डे, कर अधिकृत बिनोद माझी र संघका राजश्व परामर्शदाता सिए हरि लम्लालले नयां व्यबस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कर सम्बन्धि नयां व्यबस्थाको बारेमा व्यबसायी अन्यौलमा परेकोले त्यो अन्यौललाई चिर्नको लागि कार्यक्रम आयोजना गरिएको बताउनु भयो । उहांले अघिल्लो वर्ष आएको पुनःकर्जा कार्यक्रम ठुला र पहुँचवालाले मात्रै पाएकोले यो वर्ष त्यसलाई व्यबस्थित गर्नेगरि मौद्रिक नीति ल्याउन नेपाल राष्ट्रबैंकलाई आग्रह गरिएको जानकारि गराउनु भयो ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठको धन्यवाद र महासचिव बिमलराज भट्टराईको सञ्चालनमा भएको थियो । अन्तरक्रिया कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्यहरु सहित उद्योगी, व्यबसायीको सहभागिता रहेको थियो ।

 
 
  
 

You may also like