एक वर्षमै बढ्यो साढे तीन खर्बको आयात

काठमाडौं । कोरोना महामारीका बीच पनि एक वर्षको अवधिमा मुलुकमा आयात झण्डै साढे तीन खर्बले बढेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६ ०७७ मा ११ खर्ब ९६ अर्ब ७९ करोड ९० लाख ५३ हजार रुपैयाँको आयात भएकोमा गत आव २०७७ /९८ मा ३ खर्ब ४३ अर्ब ३८ करोड ६५ लाख ३ हजारले बढेर १५ अर्ब ३९ अर्ब ८३ करोड ७० लाख ६ हजार रुपैयाँको आयात भएको हो ।
विभागका अनुसार, यो अघिल्लो वर्षको तुलनामा २८.६६ प्रतिशत बढी हो । गत वर्ष कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि कडा निषेधाज्ञा भएकाले आयात कम भएको थियो ।

लामो समयसम्म उद्योग व्यवसाय बन्द हुँदा त्यसको लागि आवश्यक पर्ने कच्चा पदार्थ आयात नियमित हुँदा समग्र वस्तुको आयातमा यति धेरै वृद्धि भएको विज्ञहरु बताउँछन् । अघिल्लो वर्ष निषेधाज्ञा कडाई हुँदा अधिकांश सामानको आयात कम भएको र गत आव नियमित भएकाले पनि अयातमा उच्च वृद्धि भएको व्यापार विज्ञ रबिशंकर सैजु बताउँछन् । कारोबार दैनिकबाट

 

 
 
  
 

You may also like