जरायोको सिङसहित तीन जना पक्राउ

दाङ। संरक्षित वन्यजन्तु जरायोको टाउसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको बबई गाउँपालिका– १ गंगटेका २२ वर्षीय जीवन घर्ती, बबई ४ हापुरेका ३९ वर्षीय इनद्रबहादुर केसी र सल्यान जिल्लाको शारदा नगरपालिका–४ साइलाकाम्दाका २२ वर्षीय बिनोद वली रहेका छन् ।

रा १ च ४९७ नम्बरको एम्बुलेन्समा जरायोको सिङसहित तुलसीपुरतर्फ ल्याउँदैगर्दा आइतबार गहते खोलाबाट उनीहरू पक्राउ परेको एक प्रहरी अधिकारीले जानकारी दिए ।

बबईको हापुरेबाट पूर्व तुलसीपुरतर्फ आउँदै गरेको एम्बुलेन्समा वन्यजन्तुको ओखेटोपहार रहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको साधा पोशाकमा खटिरएको प्रहरीले तुलसीपुर उपमहानगरपालिका–८ गहते खोला नजिक चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट जरायोको सिङ बरामद गरेको थियो ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये इनद्रबहादुर केसी एम्बुलेन्स चालक हुन् । पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

 

 
 
  
 

You may also like