रुपन्देहीमा थप २६ जना कोरोना संक्रमित , ५ जनाको मृत्यु

बुटवल ।रुपन्देहीमा थप २६ जना कोरोना संक्रमित थपिएका छन् भने थप ५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा १८७ जनाको कोरोना परिक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा सैनामैना नगरपालिकामा ९ जना, बुटवल उपमहानगरपालिकामा ६ जना, तिलोत्तमा नगरपालिका र कञ्चन गाउँपालिकामा ३–३ जना, सिद्धार्थनगर नगरपालिकामा २ जना, देवदह नगरपालिका, मायादेवी गाउँपालिका र कोटीमाई गाउँपालिका १ जना संक्रमित थपिएका छन् ।

अद्यावधिक विरण र पछिल्लो २४ घण्टामा गरी जिल्लामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । हालसम्म जिल्लामा ५११ जनाको कोरोनाबाट मृत्यु भएको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३४७ रहेको छन्।

 
 
  
 

You may also like