रुपन्देहीमा १३ सय १२ जनामा डेंगु संक्रमण,फेरी थपिए १७१ बिरामी

by समतल अनलाइन

बुटवल । रुपन्देही जिल्लामा डंगु संक्रमण हुनेको १३१२ पुगेको छ । जिल्लामा डेंगुको संक्रमण बढ्ने क्रम जारी रहदा दुई दिनमा १७१ जना बिरामि थपिएका हुन् । रुपन्देहीमा अहिले सम्म डेंगुको संक्रमण हुनेको संख्या १३ सय १२ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर केदारनाथ शाहले बुटवल अनलाइनलाई जानकारी दिए ।

गत मंगलबार सम्म ११४१ जना डेंगुका बिरामि फेला परेकोमा बिहिबार सम्म आइपुग्दा सो संख्या बढेर १३१२ पुगेको हो । यस बर्ष पहिलो पटक गत साउन ३१ गते एकै दिन ४ जनामा देखिएको डेंगुको संक्रमण आज सम्म आइपुग्दा १३१२ पुगेको छ ।

यद्यपी सो बिबरणमा जिल्लाका सबै अस्पतालहरुको एकिन तथ्याङ्क समावेश नभएकोले जिल्लामा डेंगुका बिरामिहरुको संख्या अझै धेरै हुन सक्ने अनुमान छ ।

 
 
  
 

You may also like