खेलकुद पुर्वाधार विकासको पालो रुपन्देही – सदस्य सचिव वली

स्वस्तिक श्रेष्ठ
बुटवल।लुम्बिनी खेलकुद परिषदका सदस्य सचिव भिम वलीले खेलकुद पुर्वाधार विकास गर्नेपालो रुपन्देही भएको बताएका छन। कार्यभार सम्हालेको आठौ दिन शुक्रबार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले खेलकुद पुर्वाधार र गतिविधि विकास गर्दा रुपन्देही पहिलो प्राथमिकता भएको बताए। रोटरी क्लब अफ बुटवल डाउनटाउनको ८ सय ५७ अौ नियमित बैठकमा उनले ब्यवसायिक क्षेत्रमा रहेका सबै वर्गबाट सहयोग गर्न जरुरी रहेको बताए। आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्दा नेपालगंजमा ५१ करोड र भौतिक पुर्वाधारमा मात्र ८५ करोड लगानी भएको भन्दै उनले लुम्बिनी प्रदेश ईतिहास रच्न सफल भएको बताए। प्रत्येक वर्ष २/२ वर्षमा हुनुपर्ने राष्ट्रिय प्रतियोगिता बिस २०३८, ४० र ४२ सालपछि निरन्तरता पाउन नसकेको अवस्थामा ३३ वर्षपछि ०७५ वर्षमा गरेको उनले बताए । खेलाडीको उमेर अनुसारको छनौटका विधिलाई पारदर्शी र वैज्ञानीक रुपमा अघि बढाउने उनले बताए। लुम्बिनी प्रदेशको पाच जिल्लामा फरकफरक खेल प्रतियोगिता गरेको उनले बताए । आठौको बेला रुपन्देहीको एन्फा कम्प्लेक्स, लनटेनिस, क्रिकेटमा मैदानमा समेत गरि ३ करोड बढि लगानी भएको उनले बताए ।
क्लबका अध्यक्ष जविन कक्षपतिले खेलकुद गतिविधिसंगै पुर्वाधार विकासलाई संगसंगै लैजानुपर्ने बताए। नेतृत्वबाट नै पहुच र बलको आधारमा खेलाडी छनौट गर्ने गलत परिपाटीलाई अन्त्य गर्न समेत उनले सुझाव दिए।
क्लबका सचिव बाबुराम बेल्बासे, कोषाध्यक्ष भानु खत्री, क्लबका पुर्व अध्यक्ष भिम श्रेष्ठ, वर्ष ०२१/२२रोट्याक्ट क्लब अफ डाउनटाउनका अध्यक्ष राम बेल्बासेले संस्थागत रुपमा सहकार्य गर्न तयार रहेको बताए । फुटसल, क्रिकेट, ब्याडमिन्टन कार्यक्रमहरु क्लबहरुको बिचमा आयोजना गरेर निरन्तर भातृत्व गराउने काम गरेको बताए ।

 
 
  
 

You may also like