बुटवल उप-महानगरपालिकाले एक बर्षमा सङ्कलन गर्यो ५० करोड ४९ लाख राजश्व

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा राजश्व संकलनमा उल्लेख्य प्रगति गर्न सफल भएको छ । आन्तरिक श्रोत अन्तरगत राजश्व संकलनको लक्ष्य १०७ दशमलव ४ प्रतिशत पूरा गर्न सफल भएको छ ।उपमहानगरका योजना शाखा प्रमुख विष्णु खनालका अनुसार एक वर्षको अवधिमा ५० करोड ४९ लाख राजश्व संकलन भएको छ । गत वर्ष उपमहानगरमा ४७ करोड १ लाख राजश्व संकलन भएको थियो ।

यसैगरी गत आर्थिक वर्षमा ऋणबाट राजश्व स्वरुप प्राप्त १ करोड ५० लाख र अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा शंकलित ४८ करोड ६३ लाख गरी कूल ९२ करोड ११ लाख राजश्व जम्मा गर्न सफल भएको हो ।बुटवल उपमहानगरले गत आर्थिक वर्ष २०७७-७८ मा ६८ दशमलव ५४ प्रतिशत वित्तीय प्रगति हासिल गर्न सफल भएको छ ।

गत वर्ष कोरोना महामारीले रोकिएका योजनाहरुलाई कार्यान्वयन र सम्पन्न गर्ने कुरालाई प्राथमिकतामा राखेको उपमहानगरले यो वर्ष पूँजीगत तर्फ ६३ दशमलव ७३ प्रतिशत लक्ष्य हासिल गर्न सफल भएको हो ।

कोरोना महामारीले प्रभावित बनेको गत वर्ष ५६ दशमलव १९ प्रतिश लक्ष्य हासिल गरेको थियो । यसैगरी पूँजीगत तर्फको वित्तीय प्रगतिमा समेत गत वर्षको तुलनामा बढी सफलता प्राप्त गरेको छ । उपमहानगरले यो वर्ष ७५ दशमलव ६३ प्रतिशत लक्ष्य प्राप्त गरेको छ भने गत अघिल्लो आर्थिक वर्षमा ६७ दशमलव ३३ प्रतिशत लक्ष्य प्राप्त गरेको थियो ।

 
 
  
 

You may also like