रुपन्देहीमा घढ्दै सक्रिय संक्रमित , थपिए २८ जना संक्रमित

बुटवल । रुपन्देहीमा थप २८ जना कोरोना संक्रमित थपिएका छन । २४४ जनाको कोरोना परिक्षण गर्दा सो संख्यामा कोरोना देखिएको हो ।

जिल्ला स्वास्थ कार्यलयका अनुसार बुटवल – उपमहानगर पालिकामा ११ जना, तिलोत्तमा नगरपालिकामा ९ जना , देवदह र सैनामैना नगरपालिकामा २/२ जना , सिद्दार्थ , कन्चन , ओमसटिया र शुद्दोधनमा १/१ जना कोरोना संक्रमण देखिएका छन ।

रुपन्देहीमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको सन्ख्या शून्य रहेको छ। हालसम्म रुपन्देहीमा ५०६ जनाको मृत्यु भएको छ भने सक्रिय संक्रमित २९८ जना रहेका छन । २८ हजार ८ सय ४ जना अहिले सम्म संक्रमीत भएका छन ।

 
 
  
 

You may also like