रोकिराखेको मोटरसाइकलमाथि शव फेला, मृत्यु शंकास्पद

मोरङ । मोरङको विराटनगरमा रोकिराखेको मोटरसाइकलमाथि एक व्यक्तिको शव फेला छ । सोमबार राति विराटनगर महानगरपालिका –५ बिजुली अफिस चोकमा मोटरसाइकलमा बसेको जस्तै अवस्थामा शव भेटिएको हो ।

को ४ प २३१६ नम्बरको मोटरसाइकलमा मृत भेटिएका व्यक्ति विराटनगर–५ मुनालपथका ६७ वर्षीय सुदर्शन न्यौपाने रहेको वडाध्यक्ष मिनकुमार आचार्यले जानकारी दिएका छन् ।

शव भेटिएपछि प्रहरीले पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाएको छ । मोटरसाइकलमा बसेको जस्तै अवस्थामा शव भेटिए पनि घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ ।

मृतकले लगाएको पेन्ट च्यातिएको र दाहिने हातमा चोट देखिएका कारण घटना शंकास्पद हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 
 
  
 

You may also like