भारतसँग सातामा पाँचवटा उडान गर्ने निर्णय

४ श्रावण २०७८, सोमबार

काठमाडौँ । सरकारले भारतसँग सातामा पाँचवटा उडान गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले पहिलेको दुईवटा उडानमा वृद्धि गरेर पाँच पुर्‍याउने निर्णय गरेको हो । कोभिड-१९ संक्रमणको जोखिम कायमै रहेको निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्ले थप तीन उडान वृद्धि गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञा अवधिमा एयर बबल सुविधाअन्तर्गत सातामा दुईवटा उडान संचालन भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया