रुपन्देहीमा थपिए ४२ जना कोरोना संक्रमित

बुटवल । रुपन्देहीमा थप ४२ जना कोरोनाका सक्रमिता थपिएका छन्  पछिल्लो २४ घण्टाको अवधिमा २३५ जनाको कोरोना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा ४७ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा तिलोत्तमा नगरपालिकामा २१ जना, बुटवल उपमहानगरपालिकामा १६ जना, देवदह नगरपालिकामा ३ जना, सिद्धार्थनगर नगरपालिका र सैनामैना नगरपालिकामा १/१ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । हालसम्म जिल्लामा ५०६ जनाको कोरोनाबाट मृत्यु भएको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३१८ रहेको छन्।

 
 
  
 

You may also like