१,२५८ ले जिते कोरोना, २,४४५ नयाँ थपिए, ३२ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १,२५८ जना कोरोना सङ्क्रमित उपचारपछि निको भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या ६ लाख ३३ हजार ३३२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर २,४४५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सात हजार ८३३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ६२ जना र तीन हजार ८३१ जनाको एन्टिजेन परीक्षण गर्दा आठ सय तीन जना गरी २,४४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या सात लाख १८ हजार ४९४ पुगेको छ ।

यस्तै थप ३२ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या नौ हजार ५८२ जना पुगेको छ । अहिले नेपालमा २५ हजार आठ सय ३७ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये पाँच सय ६४ जनाको आईसीयू र १५५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 
 
  
 

You may also like