आजदेखि दैनिक काठमाडौं–दिल्ली ६ उडान

नवलपरासी । आज (सोमबार) देखि काठमाडौं–दिल्ली दैनिक ६ वटा उडान हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले आजदेखि साउन १५ गतेसम्मका लागि सातामा काठमाडौं–दिल्ली रुटमा उडान संख्या ६ पु¥याइएको जनाएको छ । यसअघि यो रुटमा २ वटा उडान मात्रै हुँदै आएका थिए ।

साउन ४ गतेदेखि नेपाल वायुसेवा निगम र भारतीय एयर इण्डियालाई सातामा ३–३ गरी ६ वटा उडान गर्ने अनुमति प्रदान गरिएको प्राधिकरणको उडान अनुमति शाखाका उप–प्रबन्धक ज्ञानेन्द्र भुलले जानकारी दिए । यो अनुमति साउन १५ सम्म कायम रहने छ । ‘अब काठमाडौं–दिल्ली रुटमा बिहीबार बाहेक बाँकी सबै दिन उडान हुनेछन्,’ भुलले भने ।

कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले गएको वैशाख २३ गतेदेखि काठमाडौं–दिल्ली उडान संख्या १४ बाट घटाएर दुई मा सीमित गरेको थियो । यस अवधिमा विश्वका अन्य मुलुकमा नेपालबाट हुँदै आएको अन्तर्राष्ट्रिय उडानमा प्रतिवन्ध लगाइएको भए पनि काठमाडौं दिल्ली उडान भने रोकिएको थिएन ।

 
 
  
 

You may also like