रुपन्देहीमा २४१ जनाको कोरोना परिक्षण गर्दा ३७ जनामा कोरोना पुष्टि

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।२४१ जनाको कोरोना परिक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो।

जिल्ला स्वास्थ कार्यलय रुपन्देहीका अनुसार बुटवल उप- महानगरपालिकामा १८ जना , तिलोत्तमा नगरपालिकामा १२ जना , सैनामैना नगरपालिकामा ३ जना , सियारी , देवदह , कन्चन र रोहिणिमा १ /१ जना कोरोना पुष्टि भएको जनाएको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ। रुपन्देहीमा हालसम्म ५०५ जना कोरोनाबाट मृत्युु भएको छ। कोरोना सक्रिय संक्रमितको ३२४ जना रहेका छन ।

 
 
  
 

You may also like