बडादशैको पाँचौ दिन आज स्कन्दमाताको पुजा गरिँदै

by समतल अनलाइन

काठमाडौ । नेपालीहरुको महान चाड दशैको आज पाँचौं दिन देशभरको मठमन्दिर र शक्तिपिठहरुमा हिन्दु धर्मावलम्बीको घुइँचो लागेको छ । आज शक्तिस्वरुपा भगवती स्कन्दमाताको विशेष पूजा गरिंदैछ । स्कन्दमाता कमल ओछ्याएर बस्ने भएकाले यी देवीलाई पद्मासना देवी पनि भन्ने गरिन्छ । सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सुसम्पन्न हुने धार्मिक विश्वास छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैँ पूर्णिमासम्म दुर्गा भवानीको पूजा गरेर मनाउने चलन छ ।

काठमाडौँ उपत्यकाका शक्तिपिठमा विहानैबाट भक्तजनको भीड लागेको छ ।गुह्वेश्वरी, दक्षिणकाली, कालिका स्थान, मैतीदेबी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, र भद्रकाली, पाथिभरा, पलान्चोक भगवती, छिन्नमस्ता, मनकामना लगायतका शक्तिपीठमा भक्तजनको बाक्लो उपस्थिति छ ।

रोग, शोक र कष्ट निवारणका लागि कुष्माण्डा भगवतीको यसरी गरौँ पूजा
काठमाडौ । नवरात्रको चौथो दिन। शनिबार नवदुर्गाको चौथो स्वरूप कुष्माण्डा भगवतीको पूजा आराधना गरिँदैछ। यिनी ब्रह्माण्ड उत्पत्तिको कारक मानिएकी छिन्। सिंहमाथि सवार यिनको अष्टभुजामा कमण्डलु, कलश, धनु, वाण कमल चक्र गदा आदि छन्। कुष्माण्डाको आराधनाबाट रोग, शोक र विभिन्न प्रकारका कष्ट निवारण हुने विश्वास गरिन्छ। नवरात्रमा प्रत्येक दिन एक–एक देवीको आराधना गर्ने परम्परा छ। घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर श्रद्धालुहरू शक्तिस्वरूपा भगवतीको आराधना गर्छन्।नवरात्रमा भगवती दुर्गाका नौ स्वरूपको पूजा आराधना गरिन्छ।

प्रत्येक दिन एक एक देवीको आराधना गरी नौ दिनमा नवरात्र अनुष्ठान पूरा गरिन्छ। पुराणअनुसार विभिन्न समयमा भगवती पार्वतीले लिएको रूपलाई नै नवदुर्गाका रूपमा पूजा आराधना गरिएको हो। दुष्टको विनाश र सज्जनको रक्षाका लागि देवी पार्वतीले समय–समयमा विभिन्न रूप लिएकी थिइन्। आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी घडामा आवाहन गरी नौ दिनसम्म दुर्गाका नौ स्वरूपको आराधना गर्ने परम्परा छ।

यसै घडामा महाकाली–महालक्ष्मी–महासरस्वतीको पनि आराधना गरिन्छ।देवी दुर्गा, आफ्नो चौथो स्वरूपमा कुष्माण्डा नामले प्रसिद्ध हुनुहुन्छ । ब्रह्म या अण्डलाई उत्पन्न गरेको कारण वहाँलाई कुष्माण्डा नामले चिनिन्छ ।

तीन नेत्रले युक्त देवी आफ्नो मस्तकमा अर्ध चन्द्र धारण गर्नेवाली, अष्ट भुजाहरूले युक्त, एवं आफ्नो भुजाहरूले नाना प्रकारको आभूषण धारण गर्ने, देवी कुष्माण्डा आफ्नो भुजाहरूमा चक्र, गदा, कलश, जप माला, कमण्डलु, धनुष, बाण तथा कमल पुष्प धारण गर्नुहुन्छ । देवीको स्वरूप मनोहर तथा दिव्य कांति युक्त रहन्छ । कुष्माण्डाको वाहन बाघ हो, वहाँ बाघमा सवार गर्नुहुन्छ।देवी भागवत अनुसार ब्रह्माण्डको उत्पत्ति पूर्व जब सृष्टिको अस्तित्व नभएको बेला, चारैतिर मात्र अँध्यारो नै अँध्यारो थियो, त्यस समय देवी कुष्माण्डाले आफ्नो हाँस्यबाट ब्रह्माण्डलाई उत्पन्न गर्नुभएको थियो, देवी कुष्माण्डा साक्षात आदि शक्ति हुनुहुन्छ, वहाँबाटै समस्त जगतको उत्पत्ति भएको हो, त्यसभन्दा पूर्व यो ब्रह्माण्डको कुनै अस्तित्व थिएन ।

देवी कुष्माण्डा सूर्यमंडल अन्तर्गत आउने समस्त लोकमा निवास गर्नुहुन्छ, सूर्यलोकमा निवास गर्ने क्षमता एवं शक्ति मात्र माता कुष्माण्डामा छ साथै अन्य कुनैपनि देवी देवताका तेजको तुलना मातासंग गर्न नसकिने बताईएको छ । ब्रह्माण्डमा व्याप्त समस्त प्राणिहरू तथा तत्वमा देवी कुष्माण्डाको तेज विद्यमान रहेको छ । सम्पूर्ण ब्रह्माण्डमा व्याप्त सबै जीवित तथा निर्जीव तत्व यिनै देवीकै कृपाले उत्पन्न भएको हो पौराणिक मान्यता रहेको छ ।नवरात्रको चौथी तिथि देवी कुष्माण्डालाई समर्पित छ, यो नवरात्रको चौथोदिन माता कुष्माण्डाको साधना, पाठ, ध्यान, स्तोत्र, पूजाआदि गर्ने गरिन्छ ।

माता कुष्माण्डाको भक्तिले रोग, शोक नष्ट भई,आयु, यश र बलको वृद्धि हुनेछ साथै देवी कुष्माण्डा अल्प साधना या भक्ति मात्रले प्रसन्न हुनुहुन्छ । माता कुष्माण्डालाई विशेषगरि सेतो वस्तुको परिकार अधिक प्रिय छ, साथै सबैप्रकारको पूजा, फलफूल, पकवान्न, एवं पुष्पहरू प्रिय छ । कुष्माण्डालाई वैज्ञानिक दृष्टिले Chemical अर्थात् सम्पूर्ण रासायनिक शक्तिको स्वरूप मानिन्छ । अस्तु । ।कुष्माण्डा भगवतीको महिमा (Kushmanda)आज अर्थात २०६९ कार्तिक ३ गते नवरात्र पर्वको चौथो दिन ‘चतुर्थी तिथि’ मा श्री नवदुर्गा भवानीको चौथो शक्तिको रूपमा प्रादुर्भाव भएकी श्री कुष्माण्डा भगवतीको महिमा अत्यन्त प्राचीन एवं महत्त्वपूर्ण रहेको छ ।

ब्रह्माण्डको सृष्टिअगाडि चारैतर्फ अन्धकारमय अवस्थामा सृष्टिको कुनै अस्तित्व नभएको सृष्टिविहीन परिस्थितिको आदिकालमा यिनको मन्दमुस्कानद्वारा अण्ड अर्थात् ब्रह्माण्डको उत्पत्ति भएको हुनाले जगत्मा यिनी कुष्माण्डा भगवतीको नामले आजसम्म सुप्रसिद्ध भइरहेकी छन् । यसै कारणले गर्दा यिनलाई सृष्टिको आदिस्वरूप र आदिशक्ति भनी पुकारिन्छ ।कुभिण्डोलाई संस्कृत भाषामा ‘कुष्माण्डम्’ पनि भनिन्छ । बलिहरूमा यिनलाई सर्वाधिक प्रिय बलिको रूपमा कुभिण्डो मन पर्ने हुनाले पनि यिनलाई कुष्माण्डा भगवती भनिएको हो ।

यिनी सधैँ सूर्यमण्डलको भित्री तहमा निवास गर्छिन् । यिनको शरीरको ज्वाज्ज्वल्यमान् कान्ति पनि सूर्य झैं नै देदीप्यमान भई सम्पूर्ण ब्रह्माण्डमा फैलिरहेको हुन्छ । यिनको तेजको तुलना यिनैसँग मात्र गर्न सकिन्छ, अरू कुनै पनि देवीदेवताको तेजलाई यिनको तेजोमय देदीप्यमान प्रकाशसँग समता गर्न सकिँदैन ।शास्त्रीय मतानुसार श्री कुष्माण्डा भगवतीले आफ्ना आठ हातहरूमा क्रमशः दायाँतर्फ कमण्डलु, धनुष, वाण, कमलको फूल र बायाँतर्फ अमृतपूर्ण कलश, चक्र, गदा र आठौं हातमा सबै सिद्धि प्रदान गर्ने जपमाला धारण गरेकी हुन्छिन् । त्यसैले यिनी अष्टभूजा देवीको नामबाट पनि प्रसिद्ध भएकी छन् ।

यिनी सधैँ सिंहमा सवार भइरहन्छिन् ।नवरात्रिको चौथो पुण्यपर्वमा देशका विभिन्न स्थानहरूमा आदिकालदेखि उत्पत्ति भइरहेका र प्रतिस्थापित अष्टमातृकाका विभिन्न शक्तिपीठहरूमा गएर हिन्दु धर्मावलम्बीहरूले श्रद्धाभक्तिपूर्वक श्री दुर्गाभवानीको आराधना एवं दर्शन गरी हर्ष उल्लासका साथ पूजाअर्चना गर्छन् । आजको दिन हिन्दुहरूले आआफ्नो परम्परा र कुलाचारअनुसार दसैं घरमा श्रद्धापूर्वक श्रीदुर्गा भवानीलाई आह्वान गरी इष्टदेवीको भक्तिपूर्वक पूजाअर्चना गर्छन् ।

नवदुर्गा भवानीका विभिन्न शक्तिपीठहरूको दर्शन गरी पूजाअर्चना गर्दा र दसैं घरमा इष्टदेवीको आह्वान गरी भक्तिपूर्वक पूजाअर्चना गर्दासमेत भगवतीबाट विभिन्न पुण्यफल प्राप्ति हुने स्तुतिहरू र श्रीदुर्गा सप्तशतीको यथाशक्य पाठ गर्नुका साथै नवरात्रिको चौथो दिन विशेषगरी श्री कुष्माण्डा भगवतीको श्री विग्रह ‘रूप’ को चरणकमल सम्झेर श्रद्धाभक्तिपूर्वक यिनैको महिमा झल्किने स्तुति पूजा-अर्चना गरिँदा भक्तहरूका सम्पूर्ण पाप मोचन भई सबै प्रकारका दुःख कष्टए रोगव्याधि नाश भएर आयु-आरोग्य एवं यशण् ऐश्वर्यको वृद्धि हुने शास्त्रीय मान्यता रहेको छ । श्री कुष्माण्डा भगवतीको महिमा झल्किने स्तुति यसरी गर्न सकिन्छ:

१- ॐ विश्वेश्वरीं जगद्धात्रीं स्थितिसंहारकारिणीम् । त्वयैतत्सृज्यते लोकं त्वयैतत्पाल्यते सदा ।।१।। २- दीप्यमानं कान्तिमयं वर्णं सूर्यसमप्रभाम् । दिव्यशस्त्रादिसंयुक्तां भुजाष्टसिंहवाहिनीम् ।।२।। ३- सर्वकष्टविनाशिनी कुष्माण्डानिखिलेश्वरी । आयुरारोग्यसमृद्धिं देहि मे परमं सुखम् ।।३।। जय श्री कुष्माण्डेश्रर्यै नमो नमः ।।4।।

नवरात्र पर्वको चौथो दिन तन्त्रोक्त विधिविधान एवं भक्तिभावद्वारा यिनकै पूजा.अर्चना गरिन्छ । भक्तहरूले आजको दिन पवित्र भएर आफ्नो मनलाई ष्अनाहतष् चक्रमा केन्द्रित राखी अत्यन्त पवित्र रही यिनैको स्वरूप ‘श्रीविग्रह’ सम्झेर ध्यान गरी श्रद्धाभक्तिपूर्वक यथाशक्य षोडशोपचारले श्री कुष्माण्डा भगवतीको पूजा अर्चना गर्छन् । यिनको श्रद्धा भक्तिपूर्वक पूजा.अर्चना एवं आराधना गर्दा भक्तहरूका सबै रोग, कष्टए दुःखए दारिद्र्य जस्ता सबै सङ्कट नाश भई आयु, आरोग्यए यशण्ऐश्वर्यए सुख-समृद्धि प्राप्ति हुन्छ । यिनलाई प्रसन्न पार्न अत्यन्तै सजिलो छ । केवल श्रद्धा र भक्तिको खाँचो हुन्छ, तसर्थ आफ्नो उन्नति र प्रगति चाहने सबैले नवरात्रिको चौथो दिन श्री कुष्माण्डा भगवतीलाई पवित्र आत्माले आराधना गरी उनैको ध्यान गरी श्रद्धा भक्तिपूर्वक पूजा-अर्चना गर्दा निश्चित रूपमा मनोवाञ्छित शुभफल प्राप्त भई सबैको कल्याण हुनेछ ।

 

You may also like

Leave a Comment