२०७८ साउन १ गते शुक्रबारको तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भय छ सचेत रहनु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज श्रद्धा र भक्ति बढ्ने छ । महत्वपूर्ण कामको थालनी हुनेछ । समाजसेवामा मन लाग्ला । शिक्षामा सामान्य सफलता मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रेममा मनमुटाव आउने छ । आफ्नो विचार विपरित निर्णय हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । साझेदारीको काममा उल्झन आउने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिने छ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ ज्ञान सिक्ने मौका पनि मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज स्वास्थ्यप्रति सजग रहन आवश्यक छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर पनि कुनै न कुनै कुराले मन प्रसन्न रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
स्वादिष्ट र सुखद् भोजन मिल्ने छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिने छ । साथीभाइसँग समय बित्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
ठीक समयमा सही निर्णय लिन सकिने छ । कला, साहित्यमा रुचि बढ्ने छ । सामाजिक कार्य अघि बढ्ने छ । कृषि कारोबारमा सफलता मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने र नयाँ योजना बन्ने छ । शुभकार्यको चर्चा पनि चल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । नयाँ व्यक्तिसँग भेटघाटको अवसर मिल्ने छ । धार्मिक काम र भक्तिभाव बढ्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । वित्तीय संस्थाबाट सहयोग पनि पाइने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
नसोचेको ठाउँबाट धनागम हुनेछ । घर परिवारसँग समय व्यतीत हुनेछ । मनोरञ्जनपूर्वक दिन बित्ने छ । पूजा पाठमा मन जानेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
राजनैतिक कार्यमा सफलता मिल्ने छ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । सांगीतिक क्षेत्रमा रुचि बढ्ने छ । वैदेशिक क्षेत्रको काम भने अधुरै रहला ।

ज्यो.प. नारायणप्रसाद दुलाल

 
 
  
 

You may also like